सहसचिव शर्माको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सहसचिव धनीराम शर्माको संयोजकत्व बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। उक्त समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।
मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन्। शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छन् ।
समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए। विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु