जेलव्रेक दिवस मनाइदैं

२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्रसहितका दलले संयुक्तरुपमा जेलव्रेक दिवस मनाउने भएका छन। नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीका अनुसार चैत १७ गते मध्यान्ह १२ बजे प्रज्ञा भवन, कमलादीमा एक कार्यक्रम गरी ‘जेलव्रेक दिवस’ मनाउन लागिएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा ।माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा महासचिव तथा समाजवादी मोर्चा, नेपालका संयोजक विप्तव सी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी हुने बताइएको छ।

साे कार्यक्रममा गाेरखा जेलब्रेककाे कमाण्डर उमा सी शिलु, रिता विश्वकर्मा, गजुरी सैन्य हिरासत ब्रेक गर्ने र लमजुङ सैन्य हिरासत ब्रेक गरेका राजु क्षेत्री, पाेखरा सैन्य ब्यारेक ब्रेक गर्ने र लमजुङ सैन्य ब्यारेक ब्रेक गर्ने सुशीला भुजेलसहितलाई अभिनन्दन गर्ने याेजना रहेको नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु