नेप्से ४ दशमलव ७८ अंकले वृद्धि

२०८० चैत्र १५ गते, बिहीबार

काठमाडौँ । नेप्से ४ दशमलव ७८ अंकले बढेर २ हजार ३५ मा बन्द भएको छ । आज १ सय २० वटा कम्पनीको शेयरमूलय बढ्दा १ सय १५ वटा कम्पनीको मूल्य भने घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशतले बढ्दा बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेका छन् ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार २ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएकोमा बिहीबार २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा ६६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लाग्यो । तर उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । कारोबार रकमका आधारमा सर्वाधिक सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु