‘काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा दृढ छु’

२०८० चैत्र १५ गते, बिहीबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताए । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने प्रष्ट्याए । प्रधानमन्त्री प्रचण्डले अझै पनि काम गर्न सकिने सम्भावना देखेरनै आफू पदमा बसिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरुले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश र स्थानीय तहमा जाने बजेट बजेट वक्तव्यमै समावेश गरेर लैजाने व्यवस्था गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा ढिलाई नगर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सचेत पनि गराए ।

प्रतिक्रियाहरु