नेपाल कम्युनिष्ट पार्टीद्वारा बिभिन्न कार्यक्रम गर्ने उदघोष

२०८० चैत्र १४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ध्रुवीकरण , जेलब्रेक दिवस , एकीकृत जनक्रान्तिका सहिदहरुको जीवनीमा आधारित सहिद गाथाको विमोचन र अन्तरक्रियालगायतका कार्यक्रम गर्ने तयारी गरेको छ। सो पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा आज उपत्यकामा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्गको बैठकमार्फत उपरोक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
आजको बैठकले चैत १६ काठमाडौमा ध्रुवीकरण , चैत १७ गते जेलब्रेक दिवस , चैत १९ गते एकीकृत जनक्रान्तिका सहिदहरुको जीवनीमा आधारित सहिद गाथाको विमोचन गर्ने र चैत २० गते समाजवादी मोर्चाको आयोजनामा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
बैठकमा महासचिव विप्लव सी ले समाजवादी मोर्चाको निर्माणले आम नागरिकमा नयाँ आशा र उत्साह थपिएको भन्दै यसलाई सफल पार्न पार्टी अगाडि बढिरहेको बताएका थिए ।

प्रतिक्रियाहरु