नेप्से १७.०१ अंकले घट्यो

२०८० चैत्र १२ गते, सोमबार

काठमाडौँ । नेप्से १७.०१ अंकले घटेर २ हजार ३१.५५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८३ प्रतिशतले कम हो । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । उक्त दिन ४४ हजार २ सय ३६ वटा कारोबारबाट ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये ३७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ४ वटाको घट्यो र बाँकी ३ वटाको स्थिर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु