पेरिस ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पेरिसमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने बताएको छ । पेरिस ओलम्पिकमा सहभागी हुन रुसी राहदानी भएका १२ खेलाडी र बेलारुसको राहदानीसहित ७ खेलाडीले आवेदन दिएका थिए । ओलम्पिक कमिटीले यी खेलाडीहरु व्यक्तिगतरुपमा सहभागी हुने र उनीहरुलाई यो कार्यक्रमको अनुभव गर्ने अवसर दिइने बताएको छ ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि यी दुई देशका खेलाडीलाई ओलम्पिक खेलमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । तर, दुवै देशका खेलाडीले कुनै पनि देशको हिस्सा नभई तटस्थ भएर खेलमा भाग लिन सक्नेछन् । पेरिस ओलम्पिक कमिटीको शर्त अनुसार यी खेलाडीले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय प्रतीक र राष्ट्रिय गान बिना नै सहभागी हुनुपर्नेछ ।

प्रतिक्रियाहरु