त्रिकोणात्मक टि–२० क्रिकेट: नेपाल र पपुवा न्युगिनी भिड्दै

२०८० फाल्गुन २९ गते, मंगलवार

काठमाडौँ । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)को सामना गरिरहेको छ । हङकङको मोङ कोक मैदानमा जारी खेलमा (पिएनजी) टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यो सिरिजमा आयोजक हङकङ , नेपाल र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए । यो सिरिज बुधबारसम्म चल्नेछ ।
नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टि–ट्वेन्टी विश्वकप तयारीका लागि हङकङ पुगेर सिरिज खेलेको हो ।

प्रतिक्रियाहरु