अण्डर सिक्सटिन फुटबल : नेपाल र भारत भिड्दै

२०८० फाल्गुन २४ गते, बिहीबार

काठमाडौँ । साफ अण्डर सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्नेछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । खेल बराबरी भएको अवस्थामा पनि नेपाल समुहबाटै बाहिरिनेछ । चार देश सहभागी प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा नेपाल र भारत दुवै टिमले भुटानलाई हराएका छन् भने बंगलादेशसँग पराजित भएका छन् । नेपाल र भारतको समान ३–३ अंक भएपनि गोल अन्तरमा भारत अगाडि छ । समुहको अन्तिम खेलमा शुक्रबार बंगलादेश र भुटान भिड्नेछन् । बंगलादेश फाइनलमा पुगिसकेको तथा भुटान समुहबाट बाहिरिसकेको अवस्थामा उक्त खेल औपचारिकता मात्रै हुनेछ ।

प्रतिक्रियाहरु