विश्वकप लिग–२ : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

२०८० फाल्गुन १३ गते, आईतवार

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदैछ । नेपालको घेरेलु मैदान कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल आइतबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । समान एकएक खेल जितेका नेपाल र नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछन् । नेपाल घरेलु मैदानको फाइदा उठाउने दाउमा छ । यसअघि नामिबियासँगको लगातार दोस्रो खेलमासमेत पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताइसकेका छन् ।
नेपाल पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको जित निकालेको नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटको हार भोगेपछि कप्तान पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताएका हुन् ।
घरेलु मैदानमा दुई खेल गुमाएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
तीन खेल जितेको नामिबिया नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्स भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुन लागेको हो ।
सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ। आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९–२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।
आईसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

प्रतिक्रियाहरु