बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने

२०८० माघ २२ गते, सोमबार


काठमाडौँ । फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको छ । बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको हो । जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।
अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

प्रतिक्रियाहरु