थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा

२०८० माघ १७ गते, बुधबार

काठमाडौँ । थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा पुगेको छ । जावलाखेल युथ क्लबलाई १ दशमलव ० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको हो । थ्री स्टारलाई जिताउन दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे । घलेले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन् । थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

प्रतिक्रियाहरु