नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा प्रवेश

२०८० माघ १३ गते, शनिबार

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै नेपाल आइसिसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा गरेको छ । १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो । नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा ७ चौकासहित अर्धशतक बनाए । ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोडे ।
नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोडे । सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जिताए । नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए । गुलसन झा र आकाश चन्द १रु१ रन लिए ।
शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो ।
शुक्रबारको खेलमा अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । दीपेश कँडेलले दुई विकेट लिए भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक-एक विकेट लिए । समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु