नेकपाका प्रवक्ता प्रकाण्ड सीद्वारा रचित ‘साम्यवाद’ गीत सार्वजनिक (भिडियोसहित)

२०८० कार्तिक २० गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा रचित ‘साम्यवाद’ गीत सार्वजनिक भएको छ । नेपालमा दलाल पुँजीवाद होइन, समाजवाद र साम्यवाद चाहिन्छ भन्ने भावमा रचिएको उक्त गीत गत शुक्रबार सार्वजनिक भएको हो । उक्त गीतमा सङगीत नेकपाका पोलिटब्यूरो सदस्य चिरन सीको रहेको छ भने स्वर चिरन सी, कर्ण विद्रोही,रमण थामी,लक्ष्मण सी,प्रगति महरा,सारदा रसाईली र शुशिला सीको रहेको छ । यो गीत नेपालका प्रगतिशील र क्रान्तिकारी गीत मध्येको पछिल्लो समयको निकै समय सान्दर्भिक रहेको छ ।
गीतको एरेन्ज नारायण दङ्गाल र मिक्स मास्टरिङ्ग महेश्वरमान राजभण्डारीको रहेको छ ।
हेर्नुहोस , गीत :

प्रतिक्रियाहरु