महिला कबड्डी टोली भारत जाँदै

२०८० भाद्र २ गते, शनिबार

काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९ औं एसियाड सुरु हुँदैछ । उक्त एसियाडमा कबड्डीसहित नेपालका २९ खेलका खेलाडीले सहभागीता जनाउँदै छन् । एसियाडको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष प्रशिक्षण गर्न लागेको हो । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छ ।
त्यस अवधिमा टोलीले सात म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु