महिला विश्वकप फुटबल : आज राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदै

२०८० श्रावण २३ गते, मंगलवार


काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदैछन् । अष्ट्रेलियाको मेलबर्नमा दिउँसो पौन दुई बजे सुरु हुने खेलमा कोलम्बियाले जमैकाको सामना गर्नेछ । कोलम्बिया समुह ‘एच’ को विजेता तथा जमैका समुह ‘एफ’ को उपविजेतको रुपमा नक आउट चरणमा पुगेका हुन् । यो खेलको विजेताले क्वाटरफाइनलमा इंग्ल्याण्डसँग खेल्नुपर्नेछ ।
मंगलबार पौने ५ बजे अष्ट्रेलियाको एडलेडमा हुने खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । फ्रान्स समुह ‘एफ’ को विजेता तथा मोरक्को समुह ‘एच’ को उपविजेताको हैसियतमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।
फ्रान्स र मोरक्कोबिचको विजेताले क्वाटरफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ । प्रतियोगिताको अन्य दुई क्वाटरफाइनल खेलहरुमा स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्विडेन भिड्नेछन् । महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरु अगष्ट ११ देखि सुरु हुनेछ ।

प्रतिक्रियाहरु