युएई ११७ रनमा अलआउट

२०८० बैशाख १९ गते, मंगलवार

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले सोमबार २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट मंगलबार युएईले ११ रन थप्दै १ सय १७ रन बनायो ।
नेपालका ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु