एएफसी यू–१७ महिला एसियन कप : नेपाल र जोर्डन खेल्दै

२०८० बैशाख १५ गते, शुक्रबार


काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक जोर्डनसँग खेल्दैछ । नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । नेपाल जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ भने जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग १–० को हार व्यहोरेको थियो । यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु