युवा संगठन नेपाल सुर्खेतद्वारा भलिवल प्रतियोगिता आयोजना

२०८० बैशाख १ गते, शुक्रबार


काठमाडौं । ‘राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सुर्खेत लेखवेसी नगर कमिटीले नयाँ वर्ष वि. स. २०८०को सुरुवातमा भलिवल प्रतियोगिता सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सचिव जीत सी ले आज एक कार्यक्रमका बीच उक्त भलिवल प्रतियोगिता उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल लेखबेसी नगर कमिटी अध्यक्ष सन्तोष ले गरेका थिए भने कर्यक्रममा नेपाल‌ कम्युनिस्ट पार्टीका जिला सदस्य राजन सी , रमेश सीको समेत उपस्थिति रहेको थियो । उक्त भलिवल प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको छ। कार्यक्रम भोलिसम्म चल्नेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु