चार कम्युनिस्ट पार्टीको स्वागत योग्य निर्णय

२०७९ फाल्गुन ३ गते, बुधबार


नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । चार कम्युनिस्ट पार्टीले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम् संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकाल्दै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ, जुन देश र जनताको लागि ज्यादै खुसीको कुरा हो । विगतदेखि नै संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै घनिभूत ढंगले संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको राजनीतिक एजेण्डा एकपछि अर्को गर्दै सही साबित हुँदै आएका छन् । तसर्थ, देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन अब एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प छैन । नेकपाको यस महान् अभियानमा तमाम क्रान्तिकारी दल, नेता, शक्ति र सचेत नागरिकले साथ र सहयोग गर्नु निर्विकल्प बन्दै गएको छ । त्यसै कारण देशमा रहेका क्रान्तिकारी दल र नेताहरु गोलबद्ध हुन थालेका छन्, जसको थालनीस्वरुप चार कम्युनिस्ट पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन्, जसको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने देखिन्छ । यसर्थ, देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन र संसदीय व्यवस्थाको चंगुलबाट मुक्त पार्न पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चाले उद्घोष गरेका हरेक कदम र आन्दोलनलाई साथ र सहयोग गर्नु अपरिहार्य भएको छ ।
तसर्थ, आमसचेत नागरिक नेपाल कम्युनिस्ट पार्टीको पहलमा एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने निर्णयलाई सार्थक बनाउन कटिबद्ध र प्रतिबद्ध हुनुको विकल्प छैन । किनकि देश र जनहितको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने संसदीय व्यवस्थाको गोलचक्करमा फसिरहने हो भने देश र जनताको भविष्य चौपट हुने निश्चित छ । त्यसकारण आमक्रान्तिकारी दल, नेता, शक्ति र सचेत नागरिकहरु पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चामा सामेल हुनैपर्छ । त्यही मोर्चाको बलबाट मात्र संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सम्भव छ । अन्यथा, देश र जनताको भविष्य अन्धकार हुनेछ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु