कोरोना कालमा दिएको वित्तीय सहुलियत हट्यो !

२०७९ श्रावण १८ गते, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कोरोना कालमा दिएका वित्तीय सहुलियत हटाएको जनाएको छ । बैकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै सहुलियत हटाएको जनाएको हो ।
यसअघि केन्द्रिय बैकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना र न्यून प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई ६ महिनासम्म ग्रेस अवधि थप गर्न सकिने प्रावधान राखेको थियो । यस प्रावधानमा स्वीकृत प्राप्त पर्यटकीय स्तरको होटलको हकमा अधिकतम २ वर्षको ग्रेस अवधि थप्न सकिने प्रावधानसमेत अब हटाएको जनाएको छ । कोभिड–१९ बाट अति प्रभावित र मध्यम प्रभावित व्यवसायमा प्रवाह भएको कर्जामा ऋणीको अनुरोधमा एक पटकका लागि दिइएको सुविधासमेत हटाएको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई प्रदान गरिने कर्जाको प्रावधानसमेत यसै निर्देशनबाट हटाएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चीनद्वारा नेपाललाई १५ अर्ब अनुदान !

२०७९ श्रावण २६ गते, बिहीबार

६८ स्थानीय तहको बजेट अझै आएन !

२०७९ श्रावण २५ गते, बुधबार

सेयर बजारमा सुधार

२०७९ श्रावण २२ गते, आईतवार