पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग माग

२०७८ मंसिर १ गते, बुधबार


काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग माग गरेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पोखरालाई केन्द्रीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै मुख्य पर्यटकीय केन्द्र घोषणा गर्न माग गरेको हो । सरकारका प्रवक्ता कुमार खड्काले देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन र यसको इन्डिकेटर बनाउनका लागि प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई प्रदेश सरकारले जिम्मा दिएको समेत जानकारी दिए । नेपाल आएका पर्यटक मध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने गरेको उनको भनाइ थियो । त्यसैगरी प्रदेश सरकारले आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि पारित गरेको मन्त्री खड्काले जानकारी दिए ।
गण्डकी प्रदेशका गम्भीर प्रकृतिका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो विधेयक पारित गरेको उहाँको भनाई छ । बैठकले २० जनालाई १३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु