बेर्न मिल्ने फोन !

२०७७ मंसिर ३ गते, बुधबार


काठमाडौं । ओप्पोले रोलेबल अर्थात बेर्नमिल्ने डिस्प्ले भएको कन्सेप्ट फोन ओप्पो एक्स २०२१ ल्याएको छ । यो रोलेबल डिस्प्ले भएको विश्वकै पहिलो फोन हो र एउटा टचबाट नै यसको डिस्प्लेको आकार बदल्न सकिन्छ । चिनियाँ प्रविधि कम्पनी इन्नो डे २०२० कार्यक्रमको दौरान ओप्पो एक्स २०२१ सार्वजनिक भएको हो । यसमा युनिक एक्सटेन्ड गर्न सकिने स्क्रिन दिइएको छ । किनकी फोनको डिस्प्लेलाई सानो वा ठूलो पार्न सकिन्छ । कम्पनीको रोलेबल कन्सेप्ट प्रविधियुक्त यो डिभाइसको डिस्प्लेको आकार ६.७ इन्चबाट बढाएर ७.४ इञ्चसम्म पुर्‍याउन सकिन्छ । डिस्प्ले बीच भागबाट नमोडिने भएकाले कम्पनीले यो फोन टिकाउ समेत हुने बताएको छ । कम्पनीले एक विशेष टु ईन वान डिजाइन गरेको छ, जसले डिस्प्लेलाई सानो वा ठूलो पार्न मद्धत गर्दछ ।
यता एप्पलको पहिलो फोल्डिङ्ग आईफोन परीक्षण गरिरहेको छ । सन् २०२२ मा आफ्नो पहिलो फोल्डिङ्ग आइफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार