ट्रम्प चीनमाथिको प्रतिबन्धलाई थप कडाइ गर्ने पक्षमा

२०७७ श्रावण १९ गते, सोमबार

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिएका छन । फोक्स न्युजसँगै कुरा गर्दै उहाँले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको बताउँदै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताएका हुन् ।
उनले अमेरिकामा रहेका कयौं चिनियाँ कम्पनीहरुले आफ्ना गतिविधिबारे निगरानी गरेको आशंका बढेकाले आगामी दिनमा चीनमाथि थप प्रतिबन्ध लगाउँदै जाने बताए । अमेरिकाले लाखौंले प्रयोग गर्दै आएको चिनियाँ सफ्टवेयर टिकटकमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । -एजेन्सी

प्रतिक्रियाहरु