डा. रुइतलाई ‘एसिया गेम चेन्जर्स’ अवार्ड

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौ, ३० भदौ । डा. सन्दुक रुइतले प्रतिष्ठित अन्तराष्ट्रिय अवार्ड जितेका छन् । आफ्नो ६० औं बर्षगाँठ मनाउँदै गरेको अमेरिकाको गैरनाफामुुलक संस्था एसिया सोसाइटीले रुइतलाई २०१६ ‘एसिया गेम चेन्जर्स’ अवार्ड दिने निर्णय गरेको हो । एक लाख भन्दा धेरैको आँखा उपचार र धेरैलाई नयाँ जीवन दिएकाले डा. रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको सोसाइटीले जनाएको छ। यो अवार्डवाट रुइतसहित ८ जना सम्मानित हुदैछन् । अवार्ड समारोह आगामी अक्टोबर २७ मा न्यूयोर्कमा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु