अस्पतालको लापरबाहीले बिरामीको मृत्यु

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौ , २९ भदौ । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा चिकित्सकको लापरबाहीले एकजना बिरामीको मृत्यु भएको आफन्तले दाबी गरेका छन् । बिरामीको दाइ नाता पर्ने प्रविण गदालका अनुसार सर्लाही घर भएका २० वर्षिया मीना विकको हिजो साँझ अस्पतालमा मृत्यु भएको । उहाँका अनुसार पेट दुखेर हिजो दिउँसो उपचारका लागि भर्ना गरेको तर साँझै मृत्यु भएको हो । औषधि दिएपछि पनि दुख्न कम नभएपछि अन्यत्र लैजान्छु भन्दा पनि अस्पतालले नदिएर २ घण्टामै १७-१८ हजार रुपैयाँको औषधि थमाइदिएको पनि आफन्तको दाबी छ । अस्पतालसँग छलफल गरेर मात्र शव लैजाने भन्दै शव अहिलेसम्म अस्पतालमै राखिएको छ । अस्पतालले भने उपचारमा लापरबाही नभएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु