साझा पहिचान नेपाली हो – प्रशान्त लामा दोङ

२०७३ भाद्र २६ गते, आईतवार

मेरो धर्म मेरो व्यक्तिगत पहिचान , मेरो जात मेरो समाजभित्रको एउटा पहिचान , मेरो साझा पहिचान एक नेपाली हो । कसैले समाजमा म आफ्नो व्यक्तिगत पहिचानलाई नामेट पार्न खोज्यो भने म टुलुटुलु हेरेर बस्नेवाला छैन । कसैले खोटबिनाको धार्मिक रितिरिवाजलाई बिरोध गर्छ भने यसमा म टुलुटुलु हेरेर बस्दिन । जातको पक्षपातिको कुरा गर्दा न म हिजो जातीयता पक्षमा थिएँ न आज नै छु । तर मलाई मेरो समाजभित्र चिन्ने साझा पहिचान नेपाली भन्दा जातिय पहिचान हो अनि धार्मिक पहिचान नै हो । हिजो न म हिन्दु धर्मको बिरोध थिएँ , न बुद्ध धर्मको अन्धभक्त थिएँ । मेरो धार्मिक पहिचान बुद्ध धर्म हो तर बौद्ध धर्मभित्रको अतिवादको बिरोधी हो । मन्दिरमा जाँदा रातो टिका लगाउँछु तर हिन्दु धर्मको अतिवादको विरोध गर्छु । तर आज हामी नेपाली जनताले सोचेको भन्दा फरक धारतिर समाजलाई ध्रुबीकरण गर्न खोज्दैछ कि धर्म माथि प्रहार गरेर । यहाँ अल्पसंख्याक जातिहरू आदिवासी जनजाति बीच फोहरा हन्न बौद्ध धर्म माथि प्रहर गर्दैछ । यसैले होशियार तमाम आदिवासी जनजातिहरू कुनै पनि बहनामा यो देशमा शासक वर्गहरू हाम्रो जागरणमा जाल हान्दैछ । तपाई हामी पहिलो त साझा नेपाली अनि समाजभित्र भिन्न जातमा छरिएर रहेका एकताको प्रतिक आदिवासी जनजाति । शासक वर्गहरू अस्तित्व संकटमा पर्न खोज्दा जाल हान्नु स्वभाविक हो , त्यसैले हामी कसैको अस्तित्व संकटमा पार्ने भन्दा पनि राज्यमाथि शासक र कुशल शासित वर्ग भएर बाँच्न पाउने अधिकार ग्यारेण्टी गर्नु हो । शासक वर्गलाई चित्त बुझ्ला या नबुझ्ला म आलोचक पात्र बन्न तयार तर कसैको दासी नागरिक भएर मेरो जात अनि मेरो वर्गको संकट भुलेर रहन एक इञ्च पनि तयार छैन र रहाने कल्पना गर्नु उचित छैन । लचार शासक वर्गहरूले मेरो समाज भित्रको एउटा पहिचान भुल्न सक्छ तर म मेरो जातीय समाजभित्रको अतिवाद बाहेक अरू भुल्ने कुरो कल्पना भुल्न सक्तिन र सक्नु हुँदैन भन्ने मान्यता हो कि एउटा साँघुरो घेरामा म पसिरहेको हुन्छु । जब बृहत्तर समाजको घेरामा बस्छु त्यतिबेला म मेरो जात र मेरो धर्म मात्र हैन , मैले पहिलो त मेरो साझा नेपाली पहिचान भित्रको मेरो वर्गलाई भुल्दिन । कार्यलय सबैको साझा थलो हो जतिवेला मेरो दायित्व सबैको निम्ति समान हुन्छ , मैले मेरो साझा बर्गलाई समान हैसियतमा लाने कोसिस गर्नुपर्छ तर जब बाहिर निस्कन्छु खुल्ला समाजभित्र मैले भुलेर पनि मैले मेरो बर्गको सर्वोपरि हितलाई अगाडी बढ्नको निम्ति ओकालत गर्नुपर्ने हुन्छ । भावत्मक एकताले जातिय एकता कायम गराउँछ भने अतिवाद रहित धार्मिक सहिष्णुताले राष्ट्रिय एकता कायम गराउँछ । जतिबेला शासक वर्गले धार्मिक अतिवादलाई पछ्याउँछ उसको पतन निश्चित छ । त्यसैले होशियार शासक वर्गहरू धर्म र जातको अतिवाद पछ्याउने कोसिस किमार्थ नगर्नु , यो नै सवै जातजाति उपकार हो । अनि म नेपाली हुँ भन्ने एउटा सबल नागरिकको दायित्व हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु