दीक्षितको जग्गा जफत

२०७३ श्रावण १९ गते, बुधबार

काठमाडौं, १९ साउन । भूमिसुधार कार्यालय ललितपुरले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको ललितपुर पाटनढोकास्थित १८ रोपनी ३ आना जग्गा जफत गरिएको दाबी गरेको छ । भूमिसुधारले हदबन्दीभन्दा बढी पाइएकाले उक्त जग्गा जफत गरिएको दाबी गरेको छ । सो जग्गा दीक्षितको घर–कम्पाउन्डभित्रकै भएको बुझिएको छ ।

प्रतिक्रियाहरु