पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७३ श्रावण १९ गते, बुधबार

काठमाडौ, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ र खाना पकाउने (एलपिजी) ग्यासमा २५ रुपैयाँ घटेको जनाएको छ । पेट्रोल प्रति लिटर ९९ रुपैयाँ रहेकोमा अब ९७ रुपैयाँमा पाइने भएको छ ।
त्यसैगरी ७५ रुपैयाँ प्रति लिटर मूल्य रहेको डिजल र मट्टितेलको भाउ अब ७३ रुपैयाँ कायम गरिएको छ। एक सिलिन्डर खाना पकाउने ग्यासको मूल्य १४ सयबाट घटेर १३७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु