अनुदानबापत कृषकका लागि पठाइएको रकम मन्त्रालयमै फिर्ता

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौँ, १७ साउन । कृषि कार्यालयको लापरवाहीका कारण अनुदान वापतको रकम पाउन नसकेको भन्दै नवलपरासीका उखु किसान आक्रोशित भएका छन् । कृषि विकास कार्यालयले समयमै वितरण नगरेका कारण केही किसानको रकम मन्त्रालयमा फिर्ता भएको छ । असार मसान्तसम्म भुक्तानी नगरे रकम फ्रिज हुने गर्दछ । सरकारले उखु प्रवर्द्धन बापतको रकम उपलब्ध गराउन प्रतिक्विन्टल २५ रुपैयाँ जिल्ला कृषि विकास कार्यालयमा पठाएको थियो । रकम पाएका किसानले पनि चिनी उद्योग र मन्त्रालयले पठाएको विवरण अनुसारको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरुले समितिको मिलेमतोमा विवरण घटाएर भुक्तानी दिने गरेको आरोपसमेत समेत लगाए । कृषि मन्त्रालयले कुल २२ लाख ५० हजार क्विन्टलको पाँच करोड ६२ लाख ५० हजार रुपैयाँ जिल्ला कृषि विकास कार्यालयमा पठाएको जनाएको छ ।

प्रतिक्रियाहरु