ट्राफिक प्रहरीद्वारा एसएमएस सेवा र पैदलयात्रु सुरक्षा अभियान सञ्चालन

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौं,१० साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनले ठगेमा एसएमएस गर्नसर्वसाधारणलाई आग्रह गरेको छ । महाशाखाले आइतबारदेखि एसएमएस सेवा र पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको जानकारी गराउँदै उक्त आग्रह गरेको हो ।
सार्वजनिक सवारी साधनले बढी भाडा मागेमा, नियमानुसार छुट नदिएमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा वा अन्य समस्या भएमा महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाउन सूचित गरेको छ । यात्रु ठग्ने सवारीसाधनमाथि तत्काल कारवाही हुने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा प्रत्येक बर्ष हजारौंको सख्ंयामा दुर्घटना हुने गरेको र यसमा पैदल यात्रुको उच्च संख्यामा मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै महाशाखाले विशेष पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको पनि जनाएको छ ।

प्रतिक्रियाहरु