अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्र बन्ने

२०७३ असार १२ गते, आईतवार

काठमाडौं, १२ असार । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजना दुई वर्षभित्र बन्ने भएको छ । उक्त आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा ३० प्रतिशत प्रवद्र्धकको ऋण तथा स्वपुँजी संरचनामा निर्माण गर्न लागिएको आयोजना दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

प्रतिक्रियाहरु