एक दिने कथा लेखन तथा बाचन सम्पन्न

२०७३ जेष्ठ ३१ गते, सोमबार

काठमाडौं, ३१ जेठ । संस्थागत विद्यालय संघ नेपाल( इसान )तथा कथा वाचक समाज को संयुक्त आयोजनामा राजधानीमा आज स्कुलका विद्यार्थीहरूका लागि एक दिने कथा लेखन तथा वाचन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विभिन्न विद्यालयका करिव ८० बिद्यार्थी सहभागी रहेको सो कार्यक्रम संघका अध्यक्ष बालमुकुन्द कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा संघका उपाध्यक्ष राजकुमार श्रेष्ठ , महासचिव भीम बहादुर दर्लामी, मोहन मल्ल ,ओम प्रसाद ढकाल, कृष्ण भण्डारी , सुनिता सिंह बुढाथोकी, रमेश लामिछाने ,केशव नेपाल, अनिल पराजुली , ओम मगर , सौर्य आचार्य , सुदर्शन बजगाई तथा कथा वाचक समाजका तर्फबाट यशु श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संघ का अध्यक्ष बालमुकुन्द कार्कीले इसानले विद्यालय भित्र रहेका प्रतिभाहरूलाई विभिन्न माध्यमबाट अगाडि बढाउने उदेश्यका साथ एक दिने कथा लेखन कार्यशाला गोष्ठी आयोजना गरेको बताए ।उनले यस्ता गोष्ठी ,कार्यक्रम आगामी दिनहरूमा थप गर्दै लगिने बताए। ।उक्त कार्यक्रममा संघका उपाध्यक्ष राजकुमार श्रेष्ठ , ओम प्रसाद ढकालले आ आफ्नो मन्तब्य राखेका थिए ।
इसानले विभिन्न विद्यालयमा विगत १० वर्ष देखि निरन्तर रूपमा खेलकुद लगायत सिर्जनशील कार्यक्रम गर्दै आइरहेका छन ।

प्रतिक्रियाहरु