पोखरा विमानस्थललाई एक अर्ब प्रदान

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ, २३ जेठ । सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ । गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिया आयात निर्यात बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले राससलाई जानकारी दिए । गत वैशाख १ गते प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो विमानस्थलको शिलान्यास गरेका थिए । गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारले आज उपलब्ध गराएको रकमको ब्याजदर पाँच प्रतिशत रहेको छ भने भुक्तानी अवधि २० वर्षको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु