ट्रेड युनियनको चुनाव हुदै

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । नेपालमा पहिलो पटक आज निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ। सरकारले दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसंगति नियन्त्रण गर्न ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो । समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा अधिकृत र त्यो भन्दा तल्लो तहका करिव ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । तर कार्यालय प्रमुख भएका अधिकृतले पनि भाग लिन पाउने छैनन् ।

प्रतिक्रियाहरु