मलेशिया सरकारले लेबि बढायो

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । नेपालीहरु रोजगारको शिलसिलामा विदेशीने देशहरु मध्य मलेशिया पनि एउटा हो हाल मलेशियामा करिब ९ लाख नेपालिहरु कानुनि र गैरकानुनी रुपमा काम गर्दै आएका छन । मलेसिया सरकारले कामदारको सेवा सुबिधा बढाउनुको सट्टा उल्टो लेबि बढाएर यहाँ कार्यरत कामदार माथी अन्याय गरेको छ । यो महीनादेखि लेबि बढाएर मासिक १०४ रिङेटबाट १५४ रिङ्गेट बनाएको छ । मलेशिया सरकारको यो कदमपछि यहाँ कार्यरत सबै देशका कामदारहरु आक्रोसित भएका छन । सुरक्षाको हिसाबले पनि धेरै नै जोखिम पुर्ण ठाउँ हो मलेशिया । यति जान्दाजान्दै पनि नेपाल सरकार र राजदुतावासले यस बारे कुनै चासो नदेखाउनुले नेपाली कामदार सरकारप्रती आक्रोशित भएका छन । यहाँ कार्यरत नेपाली कामदारहरुको पुर्ण सुरक्षाको ग्यारेन्टी नहुदा र कामदरलाई उचित सेवा सुबिधा मलेशिया सरकारले उपलब्ध नगराउदासम्म तत्काल नेपाली कामदार मलेशिया आउन रोक लगाउनु पर्ने बताएका छन । यहाँका कम्पनीहरुले पनि कामदारहरुलाई मानवीय व्याबहार गर्दैनन् । हरेक दिन यहाँ नेपाली कामदार घाइते बनाइने र मार्ने क्रम बढीरहेको छ । यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा र उचित सेवा सुबिधा दिलाउन नेपाल सरकारले तत्काल कदम चाल्न जरुरी छ भने यहाँ विभिन्न कारणबस गैकानुनी भएका नेपालीलाई तत्काल नेपाल फर्किने सहज वातावरण पनि नेपाल सरकारले बनाउनु आवश्यक छ । – सागर भट्टराई

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु