जापानमा रहेका नेपालीहरु सुरक्षित, आफ्नो स्थिति जानकारी दिन दूतावासको आव्हान

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौ, ४ बैशाख । जापानमा गएको शक्तिशाली भूकम्पबाट नेपाली नागरिक भने अहिलेसम्म सुरक्षित रहेका छन् । यसैबीच टोक्योस्थित नेपाली दूतावासले भुकम्प प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई आफ्नो स्थितिबारे दूतावासलाई जानकारी दिन आव्हान गरेको छ। दूतावासले कुमामोतोमा अहिले करिब २२१ नेपाली रहेको जनाएको छ ।
यसअघि बिहीबार राति क्युसु आइल्यान्डलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट जापानका नेपाली प्रभावित भएका छन्। भूकम्पमा परी एक नेपाली सामान्य घाइते भएका छन् भने नेपालीले सञ्चालन गरेका केही रेष्टुराँमा क्षति पुगेको छ ।
एनआरएनले भूकम्प लगत्तै क्युसु क्षेत्र र आसपासका नेपालीको अवस्था बुझ्न विशेष टोली परिचालन गरेको थियो । एनआरएनको तथ्याङ्कअनुसार भूकम्पको केन्द्रविन्दू भएको क्युसु क्षेत्रमा २२० भन्दा बढी नेपालीको बसोबास छ। त्यहाँ नेपालीहरुले रेष्टुराँ लगायतका व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्। उनले केही नेपालीले सञ्चालन गरेका रेष्टुराँमा भूकम्पले क्षति पुर्या एको बताए । बिहीबार राति ९.२६ बजे क्युसु आइल्यान्डमा ६ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको थियो। जापानमा भूकम्प जानु सामान्य मानिए पनि यो भूकम्पको केन्द्रविन्दू पृथ्वी सतहदेखि १० किलोमिटर मात्र तल रहेका कारण यसले धेरै क्षति पुर्याूएको छ। शक्तिशाली भूकम्पपछि परकम्प जानेक्रम अझै रोकिएको छैन।
टोकियोस्थित नेपाली दूतावास, एनआरएन लगायत यहाँका संघसंस्थाहरुले सुरक्षित स्थानमा बस्न नेपालीलाई आग्रह गरेका छन्। नेपाली दूतावास तथा एनआरएनले भूकम्पका कारण कोही अप्ठ्यारोमा परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु