छलिया नाचको आकर्षण बढ्दै

२०७२ फाल्गुन १७ गते, सोमबार

काठमाडौं, १७ फागुन । सुदूरपश्चिममा प्रख्यात मानिएको छलिया नाचप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको छ । केही वर्ष अघि लोप हुने अवस्थामा पुगेको छलिया नाच विशेषगरी विवाह, जन्तीभोज, ब्रतबन्ध, न्वारन तथा देवताका जाँतहरुमा नाच्ने गरिन्छ । आधुनिक प्रविधिका कारण बीचमा लोप हुने अवस्थामा रहेको छलिया नाचप्रति अहिले सबैको आकर्षण बढेकाले विभिन्न सभा, समारोह तथा कार्यक्रममा समेत यो नाच देख्न सकिन्छ ।
छलिया नाचका लागि विभिन्न रंगका कपडाको विशेष किसिमको पोसाक सिलाईएको हुन्छ भने छलिया बाजामा रुङसीङो, दमाउ, दाइन, झ्याली हुन्छन ।
छलिया बाजासँगै हुड्केली नाच पनि नाच्ने गरिन्छ । हातमा ढाल र तरवार लिएर छलिया बाजासहित समूहमा नाचिने यो नाच सुदूरपश्चिमको संस्कृति तथा यहांको प्रमुख आकर्षण हो ।
सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, दार्चुला लगायतका जिल्लामा नाचिने छलिया नाच जिल्ला र ठाँउ अनुसार फरक फरक किसिमले नाच्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु