बाघको आक्रमणवाट पथप्रर्दशक घाइते

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौ, २ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकलाई पथप्रर्दशन गर्ने गाइडलाई बाघले आक्रमण गरेको छ । विदेशी पर्यटकलाई बाघ देखाउन हिँडेका तीन जना गाईडसँग एक्कासी बच्चासहितको बाघ जम्का भेट भएपछि आक्रमण गरेको हो । बघिनीको आक्रमणमा परी गाईड कृष्ण शाह घाईते भएका छन् । नेदरल्याण्डका पर्यटकसहित अन्य दुई गाईड भने सकुशल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
बाटोमा बाघ देखिएपछि पर्यटकहरु रुखमा चढेको र गाईडहरु रुखमा चढ्नै लाग्दा शाहमाथि आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई वटा खुट्टामा चोट लागेका शाहको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बर्दियामा ५० वटा वयस्क पाटेबाघ रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु