भारतीय पक्षबाट सीमानाकामा थप कडाइ

२०७२ कार्तिक २० गते, शुक्रबार

काठमाडौ, २० कात्तिक। काँकडभिट्टा भन्सार कार्यालयका निर्माणकुमार भट्टराईका अनुसार हिजो एउटा बुलेट ग्याँस, एउटा कन्टेनर र ४० वटा मालबाहक गाडी मात्र नेपाल प्रबेश गरेका छन् । तर पूर्वी नाका काँकडभिट्टाबाट हिजो एउटा पनि पेट्रोलियम पदार्थका ट्यांकर नेपाल प्रबेश गरेका छैनन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेका कारण ट्यांकरहरु सीमापारि लाईनमा रहेको र आउने नआउने टुङ्गो नभएको भट्टराईले बताउनु भएको छ ।
यसैगरी , पानीट्यांकीदेखि नक्सलसम्म ५ सयभन्दा बढी लोड भएका सवारी साधनहरु नेपाल प्रवेशको पर्खाईमा रहेका छन् । सोमबारनै लोड भएका ३५ वटा इन्धनका ट्यांकर पनि नेपाल प्रवेश गर्न सकेका छैनन् ।
यसैबीच, नेपाल–भारतको पूर्वी सीमानाकाको तुलनामा केही खुकुलो पारिएको पश्चिमका सीमानाकामा पनि भारतीय पक्षबाट कडाइ गरिएको छ । खासै अवरोध नभएका नेपालगन्जको रुपैडिया र कैलालीको त्रिनगर नाकामा पछिल्लो पटक कडाई गरिएको छ । पछिल्लो वीरगन्ज घटनापछि भारतीय पक्षबाट कडाइ गरिएको हो । भारतीय भन्सार कार्यालयले माथिको आदेश भन्दै इन्धन र मालबाहक गाडीलाई भन्सार अनुमतिमा कडाई गरिएको हो । केही गाडी रोकिएका छन् । भन्सार अनुमतिको पर्खाइमा अझै १५० बढी नेपाली मालबाहक गाडी सीमापारि रोकिएका छन्् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु