ग्यासमा कालोबजारी , सरकारले अनुगमन गर्ने

२०७२ कार्तिक १५ गते, आईतवार
    काठमाडौं,१५ कात्तिक । हिजोवाट वितरण गर्ने भनिएको आधा ग्यास भरिएका सिलिण्डर उपभोक्ताले नपाएको भन्दै गुनासो गरेपछि सरकारले आजदेखि कडाईका साथ अनुगमन गर्ने भएको छ । उद्योगीले आफू खुशी बेचेको र बिक्रेतासम्म नपुर्‍याएको गुनासो बढेपछि सबै ठाउँमा अनुगमन गर्न लागिएको बाणिज्य विभागले जनाएको छ । विभागका निर्देशक हरिनारायण बेलबासेका अनुसार यस विषयमा उद्योगीसँग छलफल हुँदैछ । उद्योगीले बढी नाफा लिएर होटलमा बेचेको र उपभोक्तालाई नदिएको पाइएमा कावारही हुने उनले बताए । सबै बिक्रेता र डिपोसम्म ग्यास पुर्‍याउने वातावरण बनाउन विभाग गम्भीर भएको उनको भनाई छ । खाना पकाउने ग्यासको अभाव कम गर्न सरकारले शनिबारदेखि आधा भरिएका ग्यास सिलिन्डर बिक्रि गर्ने भनेपनि धेरै डिपोमा ग्यास नपुग्दा उपभोक्ता खाली हात फर्किनुपरेको थियो । काठमाडौं उपत्यकामा दैनिक ५० हजार एलपी ग्यास सिलिन्डरको माग छ ।

प्रतिक्रियाहरु