रसुवागढीमा रोकिएका १२ वटा ट्यांकर केरुङतर्फ

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं, १४ कार्तिक । चीनले अनुदानमा दिएको पेट्रोल लिन काठमाडौंबाट गएका १२ वटा ट्यांकर केरुङतर्फ लागेका छन् । आज बिहानै केरुङ पुग्ने बताइए पनि शुक्रबार राति चीनको केरुङतर्फ हिमपात भएका कारण नेपाली ट्यांकर रसुवागढीमै रोकिएका थिए ।
शनिबार दिउँसो मात्रै यि ट्यांकर २२ किलो मिटर टाढा रहेको तिव्वतको केरुङमा पुगेका हुन् । पेट्रोल लिनका लागि नेपाल आयल निगमका अधिकारी सहित पेट्रोलियम व्यवसायीसमेतको टोली पनि केरुङ पुगेको छ । चिनियांँपक्षले सिगात्सेबाट पेट्रोल ट्यांकरमा नै केरुङ ल्याउने छ । केरुङमा चिनियां ट्यांकरबाट नेपाली ट्यांकरमा खन्याइने छ ।
त्यसपछि नेपाली ट्यांकर काठमाडौंतर्फ फर्कने छन् । यी ट्याङ्करबाट ल्याइएको पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोमा भण्डारण गरिनेछ । त्यसपछि बिभिन्न पेट्रोल पम्पबाट सर्वसाधारणलाई वितरण गरिनेछ ।

प्रतिक्रियाहरु