नेपाली क्रान्तिको अपरिहार्यता र नेतृत्वको खोजी – धनबहादुर चन्द

२०७२ आश्विन ४ गते, सोमबार

विश्वसमुदाय आर्थिक क्रान्तिको झन्डा उचालेर अगाडि बढिरहँदा नेपाल कुनै आमाको प्रसबको पिडा पछाडिको छट्पटाइरहेको नाबालक जस्तै चलमल गर्दै गरेको अबस्थामा छ । प्राकृतिक सम्पदाको धनी मानिने नेपाल आज विश्वसमुदायमाझ कंगाल बनेर एउटा उदाहरणीय बन्दैछ । मुख्यत राजनीतिक अस्थिरताका कारण र समय समयमा निकै निर्णायक संघर्षको कारण पनि हुनसक्छ देशले बिकासको गतिमा फड्को नमार्नु । विश्वले पुरै ब्रह्माण्डको अध्ययन गर्दा हामी नेपाली किताबी बर्ण र तस्बिरमा रमाइरहेका छौँ । हामीलाई हाम्रै दासत्वले बैज्ञानिक र ब्यबहारिक शिक्षा दिन चाहेनन् । हामी नेपाली जस्तोसुकै कठिन काम र परिश्रम गर्नसक्ने भए पनि त्यहि दुई पाटो वारी जोत्नबाहेक केही सिकाएनन्, नेपालमा विभिन्न बहुमूल्य जडिबुटि पाइन्छन यिनको प्रशोधन कम्पनिको स्थापना गर्नुको साटो कौडिको भाउमा बिदेसमा तस्कर गरिन्छ, यहाँको जलासयले करिब ८३००० मेगावाट बिधुत उत्पादन गर्नसकिन्छ तर नेपाली जनताले दियालो बाल्नछोडेका छैनन, यहाँको राजधानी काठमाडौँमा दिनमा १८ घन्टा लोडसेडिङ हुन्छ, देश चलाउने महामहिम नेताहरुलाई केही कुनैको हकबन्धी छैन सानालाई ऐन ठुलालाई चैन छ नेपालमा । यहाँ नेपाली परिवेशको कुनै पनि राम्रो मान्छे छैन । देशको लागि केही गरौं भन्नेभावना भन्न्दा आफ्ना लागी केही गराँै भन्ने भावनामा लिप्त मान्छेहरुको हालिमुहाली छ । हाम्रो देश लगाम बिनाको घोडा जस्तै भएको छ । हाम्रा नेताहरु दूध खुवाएको सर्पजस्तै छाडा भएका छन् । नैतिकताको कुनै सानो सीमा पनि छैन, भ¥याङ् चढेर भत्काए झै दसबर्ससम्म जनतालाई लडाएर आपूmहरु कुर्सीसम्म पुगे अनि अहिले त्यहि जनतालाई नै लात हान्दै छन् । करिब ६५र७० वर्षको जनताको हकहित र अधिकार सम्पनताको संविधानको प्रतिक्षा अब समाप्त हँुदैछ परन्तु त्यो कालो संविधानको रुपमा अंकुराउँदैछ । देशले शान्ति र स्थायित्व चाहिरहेका बेला शोषित जनताको छातिमा गोलिको वर्षा छरेर जबर्जस्त हैकम लादिदै छ । यति लामो संघर्ष गरेका नेपाली महिला, दलित, जनजाती, आदिबासी, मुस्लिम, मधेसी, उत्पिडित, पिछडिएका, अल्पसंख्यक जस्ता जनतालाई अधिकार सम्पन्न बनाउन छोडेर अधिकारहिन र चरम शोषन खालको हुकुम लादिदै छ । के यस्तो संविधानले नेपाली जनतालाई शान्तिको स्वासफेर्न देलात ? पकै पनि दिदैन १ नेपालको संघर्ष पौराणिक रितिरिवाज जस्तै भइसक्यो । चिनियाँ र भारतिय लालछप लगायतका नेपाली महादासत्वले गर्दा नेपाल दासत्वको चङ्घोलबाट कहिले पनि उम्कना पाउनेछैन । लामो गृहयुद्धको कारण पछाडी परेको देश नेपाल २०७२र०१र१२ को बिनासकारी भुकम्पले दशकौ पछाडी परेको छ । यहाँका पौराणिक सम्पदा देखि धेरै ठूलो धनजनको क्षति भएको छ । यस्तो बिपत्तिको समयमा विश्वसमुदायले सहयोग बापत पठाइएका पैसा, लत्ताकपडा, जस्तापाता लगायतका सामानहरुमा पनि घोटाला भयो भन्दा यो नेपाली मन चसक्क हुन्छ । आज भुकम्प गएको ४ महिना बितिसक्दा पनि प्रभाबित क्षेत्रमा उचित राहत पुगेको छैन नत अब पुग्ने नै छ । कथित संविधानको नाउमा दर्जनौं जनता तथा सुरक्षाकर्मीको ज्यान गइसकेको छ तर सरोकारवालाहरुलाई कुनै वास्ता नै छैन । मानव अधिकारवादिको नाममा डलरको खेती गर्नेहरु सहरको कुनचाहिँ दुलोमा पसेर लुकामारि खेल्दैछन । रगतको होलि खेल्न पल्केकाहरु फेरि पनि यो देशमा युद्धकै प्रकृया मिलाउँदै छन् । आज तराइ तथा मधेस बलिरहेको छ, मिथिला कोचिला बलिरहेको छ, थारुवान थरुहट बलिरहेको छ, लिम्बुवान खम्बुवान, बलिरहेको छ साथै देशका हरेक कुनाकाप्चाहरुमा बिद्रोहको आगो सल्किदैछ । यस्तो समयमा यो संविधानको प्रकृया रोकेर बार्ता र सम्वादको साटो देशको आन्तरिक मामिलामा सेना परिचालन गरेर आन्दोलनकारीहरुलाई उत्तेजित बनाउँदैछ । संविधान निर्माणको बेला आफ्नो माग शान्तिपूर्णा ढंगले माग्दा छातिमा गोलि हानेर दमनको बाटो अबलम्बन गर्नखोज्छ भने यो राज्यले फेरिपनि द्वन्द चाहिरहेको छ । देशमा यति घटन हुँदाहुँदै पनि मधेसवादी दलहरु, टुटपूmट भएका माओवादी तथा सम्पूर्ण परिबर्तन चाहने विभिन्न शक्ति र मोर्चाहरुसँग कुनै परामर्श बिनै एकलौटि ढङ्गले शासन बेबस्था थोपर्न खोजियो भने त्यो परिबर्तन चाहने जनताले कदापी स्विकार गर्नेवाला छैनन र अन्ततकत्व नेपालमा तुरुन्तै अर्काे गृहयुद्धको घोषणा हुन सक्छ त्यो मधेस, तराइ, हिमाल, पहाड, जनजाती, मधेसी मुस्लिम, माओवादी, हिन्दुवादी, राजावादी आदि आदि जोसुकैले जतिसुकै बेलापनि घोसना गर्नसक्छन र यो परिस्थितिमा आबश्यक पनि ठानिन्छ । यसरी परिबर्तनकारी जनतालाई संविधानमा चारैतिरबाट घेराबन्दी र निस्तेजको बातावरणमा बल प्रयोगको सिद्धान्तबाट सिध्याउन खोजिदैछ भने जनताहरुले पनि प्रतिकारको सिद्धान्त अबलम्बन गरे हुन्छ र तयारीमा रहे हुन्छ यहाँ जतिबेला पनि जेसुकै हुनसक्छ । ताकी अबको संघर्षबाट चिनियाँ र भारतीय छापवाला मानव आकारका मुर्तिहरु केवल चोक चोकमा सालिकमै सीमित रहुन । प्रजातान्त्रिक आन्दोलन, झापा बिद्रोह, दसबर्से महान् ऐतिहासिक जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन र लामो सङ्क्रमनकाल साथसाथै हजारौं सहिद, घाइते बेपत्ता मुलत नेपाली जनताप्रती अपमान र ठूलो घात गरिएको छ र बिदेसी शक्तिपिठ, कुटनैतिक, साम्राज्यवाद बिस्तारवाद, औपनिबेसिक, नब औपनिबेसिक, आत्मसमर्पणवाद र मुलत नेपाललाई दिगो सम्बृदिको बाटोमा देख्ननचाहानेका लागी मलजल पुगेको छ । त्यसैले दासत्वका विरुद्ध र स्वतन्त्रताको लागि जनताले अब निर्णायक क्रान्ती छेड्न अनिबार्य छ । नेपलको बिध्यमान अबस्थामा करिब ४० लाख भन्दा बढी युवाशक्ति खाडिका मुलुकहरुमा रगत र पसिनाको व्यापार गरिरहेका छन । सक्छौभने यहाँका गरिब, निमुखा, अल्पसंख्यक, मधेसी, मुस्लिम, महिला आदि सबै निम्न बर्ग र बिदेसमा रगत अनि पसिना बेचिरहेका नेपाली युबाहरुको पक्षमा संविधानको दस्ताबेज तयार गर । सबै युवाहरुलाई स्वदेसमै कामगर्ने बातावरण बनाउ हैन भने तिम्रो एकलौटी अहंकार एकछिन पनि टिक्नेवाला छैन । त्यो तिम्रो कालो दस्तावेज जनताले अस्विकार गर्नेछन, जलाउने छन, च्यातने छन ।
अबको संघर्ष खासगरेर वर्गसंघर्ष मै केन्द्रित हुन जरुरी छ किनकी नेपाली समाजमा सतहमा देखिने मुख्य समस्या चाहिँ जातिय, लैङ्गिक तथा धार्मिक रहेपनि चुरोकुरो चाहिँ बर्गकै हो । हामीले वर्गीय समस्याको समाधान खोजेर वर्गीय बिभेदको हल भयो भने जातिय, लिङ्गिय, भाषिक, आदि जस्ता मुद्दाहरु वर्गसंघर्षमै समेटिदै जानेछन र हलपनि भइसक्नेछन । यी सम्पूर्ण खालका समस्याहरु संघर्षहरुको सहि बाटो र सही दिशा पहिल्याउँदै गन्तव्य दिनसक्ने एउटा जिम्मेवार लिडरको खाँचो तथा आवश्यकता परेको छ । अब बन्ने संविधान राष्ट्रघाति, जनघाति तथा राष्ट्रलाई खण्डित गर्ने दस्ताबेज भएको हँुदा यसलाई जनताको अगाडि लिएर भण्डाफोर गर्नसक्ने बलियो नेतृत्वको आवश्यकता परेको छ । २००७ साल देखिको जनताको हक अधिकार सुरक्षाको प्रत्याभुती हुनेगरी जनसंविधान बनाउने चाहानामा फेरिपनि बज्रपात भएको छ र जनताको धैर्यताको बाध टुटेको छ र अब जनताले आफ्नो संविधान सडकबाटै भएपनि निर्माण गर्ने पक्षमा छन र यसको बिकल्प पनि छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु