शिक्षण अस्पतालमा आन्दोलन चर्कदै

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडाैँ, १५ भदाै । १० दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा नभएपछी शिक्षण अस्पताल महाराजगंजका फ्याकल्टी डाक्टरले पनि आजदेखि आन्दोलन थाल्ने भएका छन् । डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि दवाव दिन डाक्टरले आन्दोलन थाल्ने भएका हुन् । माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै १० दिनदेखि आमरण अनसन बसेका डाक्टर केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै अस्पतालका फ्याकल्टी डाक्टरले आजदेखि ओपिडीमा नयाँ बिरामी नहेर्ने भएका हुन् ।
तर पुराना फ्लोअपका बिरामीलाई भने सेवा दिइने त्रिवि शिक्षण अस्पतालका फ्याकल्टी डाक्टर्स एशोसियशनका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । झण्डै ३ सय फ्याकल्टी डाक्टरले सेवा नदिंदा धेरै बिरामी प्रभावित हुने भएका छन् । यसअघि आवासीय डाक्टरले ओपिडीमा काम नगर्दा फ्याकल्टी डाक्टरमाथि बिरामीको चाप बढेको थियो भने ओपिडी सेवा प्रभावित हुँदै आएको छ ।

प्रतिक्रियाहरु