तौलिहवामा गोली चल्यो

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौं, २ भदौ । संयुक्त मधेशी मोर्चा कपिलबस्तुले गरेको बन्दको प्रभाव आज छैटौ दिन पनि परेको छ । मोर्चाको बन्दले कपिलबस्तु पुर्णरुपमा प्रभावित भएको छ । यसैबीच, आज तौलिहवामा अन्दोलनकारी र प्रहरीबीच झड्प भएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी करिब १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ भने अन्दोलनकारीहरुले प्रहरी माथी ढुङ्गमुढा गरेका छन । प्रहरीको लाठी चार्जबाट आज ११ जना अन्दोलनकारी घाईते भएका छन । घाईतेहरुको तौलिहवा पृथ्बी बीर अस्पतालमा उपचार भईरहेको छ । अस्पताल परिसरमा पनि अश्रु ग्याँस प्रहार भएको छ ।

प्रतिक्रियाहरु