सुर्खेतमा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्यु

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौँ, २७ साउन । जिल्ला प्रशसान कार्यालय सुर्खेतले अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन हुन थालेपछि आजपनि बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्युको घोषणा गरेको छ । मध्यपश्चिमका सबै जिल्लालाई टुक्र्याउन नहुने भन्दै आइतबारदेखि भएको प्रदर्शनमा सोमबार ३ जनाको ज्यान गएको थियो । उनीहरुको शव परिवारले अझै बुझ्न मानेका छैनन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
सीमांकनको बिरोधमा सुर्खेत, सल्यान, रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि प्रदर्शन कायमै छ । यस्तै जुम्लामा सरकारी र पार्टी कार्यालयमा तोडफोड भएकाले आज सुरक्षा व्यवस्था कडा पारिएको छ । कर्णालीमा भएका स्रोतलाई अधिक प्रयोग गर्नुपर्ने र यसको ग्यारेन्टी संविधान मै गर्नुपर्ने माग सहित कर्णालीबासी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु