साउनभित्र संविधान नाउने निश्चित

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौ, २६ साउन । राजनीतिक दलहरूको साउनभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता पूरा नहुने देखिएको छ । साउन मसान्तभित्र नभ्याइने देखिएपछि नेताहरू भदौको दोस्रो सातासम्म संविधान जारी गर्ने तयारीमा छन् । सीमांकनका विषयमा मुलुकभर चर्केको विरोध प्रदर्शनले दलहरु सीमांकनका विषयमा गरेको सहमति पुनःविचार गर्ने तयारी गरेका छन् ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाउन ढिलो गर्दा साउनभित्रै संविधान जारी गर्न समस्या देखिएको संविधानसभा सचिवालयले बताएको छ । साउनभित्र नसकिए अर्को मिति कहिले भन्नेबारे अहिलेसम्म छलफल भने भएको छैन । सचिवालयले भदौको १० गतेसम्म राष्ट्रपतिबाटै संविधान जारी गराउन सक्ने गरी आन्तरिक गृहकार्य गरिएको छ । तर, ढिलोमा १५ गतेलाई खुला राख्ने तयारी छ ।

प्रतिक्रियाहरु