गाबिस सचिवलाई कार्यकक्षमै कालोमोसो

२०७२ श्रावण २४ गते, आईतवार

काठमाडौँ , २४ साउन। नेकपा माओवादीका कार्यकर्ताले बारा जिल्ला मनहरवा गाबिसका सचिव कमल प्रसाद भुर्तेललाई कार्यकक्षमै कालोमोसो दलेका छन्। माओवादी कार्यकर्ताहरुले आज बिहान १० बजे कार्यलय समयमा कार्यकक्षमै कालोमोसो दलेको हुन् । माओवादीले उनलाई भुमाफियासंग मिलि गाबिसको जग्गा अपचलन गरेको आरोपमा कालोमोसो दलिएको जनाएको छ। त्यस्तै गाबिसको हिसाब अहिलेसम्म पारदर्शी नगरी सामाजिक रुपमा बहिष्कृत भएकोले कालो मोसो दलेको नारायणी उपब्युरो राष्टिययुवा जनस्वयम सेवक संयोजक बिमल बराल असिमले जजानकारी दिएका छन् ।

प्रतिक्रियाहरु