विश्व आदिवासी दिवस मनाइदै

२०७२ श्रावण २४ गते, आईतवार

काठमाडौं, २४ साउन । आज अगस्ट ९ तारिख अर्थात विश्व आदिवासी दिवस , नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको अह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वभरी छरीएर रहेका आदिवासीहरुलाई एकत्रित बनाउन तथा उनीहरुको आवाजलाई बलियो बनाउने उद्धेश्यले यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघले आदिवासीहरुको स्वास्थ्य र सम्मुन्नतिको सुनिश्चितालाई यस वर्षको नारा तय गरेको छ ।दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ लगायतका आदिवासी जनजाति संघसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
पहिचान सहितको संघियता आदिवासी जनजातिको अडान, धर्म निरपेक्षता समानुपातिक समावेशी सहितको नयाँ संविधान भन्ने मुल नाराका साथ महासंघले यस वर्षको दिवसमा सडकमै मनाउने भएका छन् । आफूहरुसँग विगतमा भएको सहमतिहरुलाई संविधानको मस्यौदामा नसमेटेको भन्दै विरोध स्वरुप यस पटकको दिवस सडकमै मनाउने तयारी भएको महासंघले जनाएको छ । मध्यान्न १२ बजे राजधानीको भृकुटी मण्डपबाट सुरु हुने संस्कृतिक झाँकी सहितको र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुने जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । र्यालीमा विभिन्न जातीय संघ संघ संगठनको सहभागीता रहनेछ ।

प्रतिक्रियाहरु