मौद्रिक नीति सार्वजनिक हुदै

२०७२ श्रावण ७ गते, बिहीबार

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । भूकम्पपछिको अवस्थामा बढेको बजेटको आकारसँग तालमेल मिलाउने गरी ल्याउनुपर्ने मौद्रिक नीतिमा बुधबार राति अबेरसम्म छलफल भएको थियो । भूकम्पपछि कर्जा प्रभावमा आएको सुस्तताले बढाएको तरलताको व्यवस्थापनको अपेक्षा नीतिबाट गरिएको छ । डाक्टर चिरञ्जीवी नेपाल गभर्नरमा नियुक्त भएपछि राष्ट्र बैंकले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा स्थानीय तहसम्म पुग्नेसहितको वित्तिय योजना मौद्रिक नीतिमा आउने बताइएको छ । नयाँ मौद्रिक नीतिमा अनिवार्य नगद मौज्दात अनुपात शून्य दशमलव ५ प्रतिशत तथा वैधानिक तरलता अनुपात १ प्रतिशतले बढाउने गरी ल्याउने तयारी भइरहेको बताइएको छ । पूँजी वृद्धिको योजना तथा मूल्यवृद्धि ७ प्रतिशत तथा आर्थिक वृद्धिदर ६ प्रतिशत नै कायम हुने गरी राष्ट्र बैंकले प्रक्षेपण गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु